को–अपरेटिभ म्यानेजर्स क्लबको कार्यक्रममा ९ महिला सहित ६१ जनाले गरे रक्तदान

वीरगंज २० चैत । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब पर्सा (सीएमसी)ले शुक्रवार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
गर्मीको मौसम सुरु भए पछि रक्तदान गर्नेहरुको संख्या घटदै गएको र रगतको अभावलाई केही मात्रामा भए पनि पुरा गर्ने उदेश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
वीरगंज स्थित माईस्थान मन्दिर प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा ९ महिला सहित ६१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ । रक्तदान गर्नेहरुमा क्लबका अध्यक्ष चन्देश्वर चौरसिया, रबिभुषण श्रीवास्तव, श्री निधि साकोसकी शोभा कुशवाहा, सिकेन्द्र यादव, दिपिका श्रेष्ठ, इन्दु श्रेष्ठ, इन्द्रवती कुमारी लगायतले रहेको आयोजक संस्थाले जनाएको छ ।
क्लबका अध्यक्ष चन्देश्वर चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले “रक्तदान जीवनदान हो” भन्ने सन्देशका साथ आयोजित कार्यक्रममा रक्तदान गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । मेयर सिंहले स्वस्थ नागरिकले हरेक ३÷३ महिनामा रक्तदान गर्न सुझाउदै एक पोका रगतले कसैको ज्यान बच्न सक्ने भएकाले योभन्दा ठूलो पुण्यको कार्य अरू हुनै नसक्ने बताए ।
सो अवसरमा क्लबका संस्थापक अध्यक्ष जिस्नु बराल, पूर्व अध्यक्ष रबिभुषण श्रीवास्तव, महासचिव प्रदीप कुमार लोहार, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष किरण ठाकुर लगायत सञ्चालक समिति सदस्य, विभिन्न सहकारी संस्थाका कर्मचारी तथा सहकारी क्षेत्रमा आवद्ध व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको क्लबका उपाध्यक्ष रामबाबु चौधरीले बताए ।
सो कार्यक्रममा रक्त सञ्चार केन्द्रका शौरभराज पाण्डे, नितेश कुमार यादव, सनी यादव र मिथलेश साह सहितको टोलीले प्राविधिक सहयोग गरेका थिए ।
पर्सा जिल्लाका ३० वटा सहकारी संस्थाको सहभागितामा गठित यस क्लबले सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको क्लबका अध्यक्ष चौरसियाले बताए ।
रक्तदान कार्यक्रममा कान्तिपुर साकोस, श्री निधि साकोस, गृहलक्ष्मी साकोस, हिमाल साकोस, सनराइज साकोस, कोहिनुर साकोस, जयलक्ष्मी साकोस, महालक्ष्मी साकोस, जयगणेश साकोस, सुनौलो साकोस तथा शिवम साकोस लगायतका संस्थाहरूले सहयोग गरेको आयोजक क्लबले जनाएको छ ।






