अमेरिकाले पोल खोलिदिएपछि एमसीसी रोक्न चीनले थाल्यो नयाँ षडयन्त्र, नेपालमा परिचालित भए यी दूत

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी आउन नदिन लामो समयदेखि सबै खाले प्रयास गरिरहेको उत्तरी छिमेकी चीनले नयाँ षडयन्त्र थालेको छ ।

एमसीसीविरुद्ध नेपाली अगुवादेखि नेतासम्म परिचालन, कम्युनिस्ट नेताहरुलाई दबाब, आफ्नो परियोजना बीआरआई लागु गर्न दबाब, उच्च नेता पठाएर कुटनीतिक दबाब, कम्युनिस्ट पार्टी एकता गराएर बहुमतको बलमा अस्वीकृत गराउने असफल प्रयासपछि चीनले दूतहरु परिचालन गरेको छ ।

अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लूले नेपाली नेताहरुलाई टेलिफोन गर्ने क्रममा चीनको उक्साहटमा नलाग्न आग्रह गरेर चीनको षडयन्त्रको पदार्फास गरेपछि बेइजिङले विज्ञका नाममा दूत परिचालन गरेको हो ।

अमेरिकी मन्त्रीले एमसीसी रोक्न चिनियाँ चालबाजीको कुटनीतिक रुपमा संकेत गरेपछि दक्षिण एसिया हेर्ने चिनियाँ विज्ञ डा. हु सिसेङ दूतका रुपमा परिचालित भएका हुन् । चीन सरकारअन्तर्गतको संस्था चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर)को इन्स्टिच्युट फर साउथ एसियन स्टडिजका निर्देशक सिसेङले एमसीसीविरुद्ध आफै मैदानमा उत्रेर नकारात्मक प्रचार थालेका छन् । बेइजिङको रणनीतिअन्तर्गत उनी परिचालित भएका छन् ।

उनले नेपालखबरसँग कुरा गर्दै एमसीसी अनुदान नेपालका लागि विष हुने र त्यो नेपालको हितमा नभएको भन्दै अस्वीकार गर्न अपील गरेका छन् । एमसीसीलाई घातक भन्दै उनले नेपालको भयानक दुर्दशा सुरु हुने तर्क गरेका छन् ।

नेपाली नागरिकलाई भ्रममा पार्न उनले नेपालको विकासमा अमेरिकाको कुनै वास्ता नभएको जिकिर गरे । जबकी चीनले ऋण सहायतामा चर्को ब्याज लगाउने, सीमामा नाकाबन्दी गरेर नेपाली दुख दिइरहेको छ । अमेरिकाले अनुदानमा पैसा दिँदा विरोधमा उत्रेका छन् ।

आफू चर्को ब्याज असुल्ने र अरुले निशुल्क दिँदा रोक्न लागिपर्ने चिनियाँ शैली अस्वभाविक छ । अमेरिका दुरीका हिसाबले धेरै टाढा भएकाले अमेरिकाको सहयोग लिन नहुने हिसाबले विज्ञका नाममा परिचालित चिनियाँ विज्ञले तर्क गरे । उनले कतिसम्म भयभित तर्क गरेका छन् भने अमेरिका नेपाल आउँदा चीनलाई अफ्ठेरो पर्ने संकेत गरेका छन् । अमेरिकाले नेपाललाई चीनविरुद्ध प्रयोग गर्ने उनको डर छ । तर आजसम्मका सहयोगमा त त्यस्तो नभएको कुरा उनले बिर्सिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।