विश्व हिन्दू परिषद् नेपालले बुझायो स्थानिय प्रशासनलाई ज्ञापन

वीरगञ्ज २४ पर्सा
धर्मको नाममा अराजकता फैलाउँनेमाथि यथाशिघ्र प्रतिबन्ध लगाउँन विहिप नेपालले बुझायो स्थानिय प्रशासनलाई ज्ञापन
पर्सा ।
धार्मिक पर्वको नाममा हातहतियार तथा आगजनी जन्य प्रदर्शन गर्दै अराजकता फैलाउँनमाथि यथाशीघ्र प्रतिबन्द लगाउँन माँग गर्दै विश्व हिन्दू परिषद नेपाल पर्साले स्थानिय प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।
राजविराज लगायतका स्थानहरुमा मुस्लिम समुदायको धार्मिक पर्व मुर्हरम मनाउँने क्रममा हिन्दूहरुको सवारीसाधानमा तोडफोड गरिएको घटना प्रति गम्भीर ध्यानकर्षण जनाउँदै धर्मको नाममा हातहतियार प्रदर्शन गरी अराजकता फैलाउँने माथि कारवाहीको माँग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
विश्व हिन्दू परिषद नेपाल पर्साका अध्यक्ष बृजेश मल्लीकको नेतृत्वमा रहेको परिषदका कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै मुहर्रम मनाउँने नाममा पर्साका कुनैपनि प्रकारको अराजकता फैलाउँने कसैलाई छुट नभएको भन्दै यस्ता गतिविधि रोक्न माँग गरेका हो ।
धर्मको नाममा तलबार, भाला आदि जस्ता हातहतियार लगायत आगजन्य सामग्री सहित मुहर्रम पर्वको बहानामा हरेक बर्ष देशका विभिन्न स्थानहरुमा हिन्दूहरुको जनधनमा क्षति पु¥याउँदै शक्ति प्रदर्शन गर्दै आएको हुँदा पनि प्रहरी प्रशासन द्धारा वेवास्ता गरिनु अत्यन्तै गम्भीर एवं चिन्ताजनक विषय भएको ठहर गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न विहिपले ज्ञापन मार्फत माँग गरेको हो ।
बहुसंख्यक हिन्दूहरु बसोबास गर्ने मुलुकमा एक समुदाय विशेषले पर्व एवं स्वतन्त्रताको नाममा हिन्दू विरुद्ध शक्ति प्रदर्शन तथा हिन्दूहरुको जनधममा क्षति पुर्याउँनु दुर्भाग्यपूर्ण रहेको ज्ञापन मार्फत जनाईएको छ ।
स्थानिय प्रशासन र सरकारले विहिपले उठाएको माँग प्रति ध्यान नदिए भोलीको दिनमा बहुसंख्यक हिन्दू समुदाय यस्ता अराजकगतिविधि विरुद्ध प्रतिकारमा उत्रिने चेतावनी दिदै यसबाट उत्पन्न असजपरिस्थतीको जिम्मा सरकार र स्थानिय प्रशासनलले नै लिने छन ।






