राप्रपाका पुर्व सहमहामन्त्री राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश

राप्रपाका पुर्व सहमहामन्त्री राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश

काठमाडौँ, १० असोज

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहमहामन्त्री आनन्द शर्माले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका छन् । विहिबार राष्ट्रिय मुक्ति क्रान्तिको केन्द्रिय कार्यालय शंखमुल पुगि शर्माले पार्टी प्रवेश गरेका हुन् ।

विरगंज निवासी शर्मालाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले खादा, माला तथा टिका लगाइ पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै शर्माले आफ्नो पूर्व पार्टी राप्रपाले बाटो विराएको र अब मुलुकको निकास राष्ट्रिय मुक्ति क्रान्तिबाट मात्र सम्भव देखेकोले आफूले पार्टी प्रवेश गरेको बताए ।

मुलुकको नेतृत्व आफूहरुले गर्नुपर्ने बेला आएको बताउदै शर्माले अब राजेन्द्र महतोको नेतृत्वमा एकवद्ध भएर आफ्नो मुद्दा लिएर जनताको बीचमा जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।