बारामा रास्वपालाई ठुलो झट्का: प्रभावशाली नेता पवन चौधरी राष्ट्रिय एकता दलमा प्रवेश

बारामा रास्वपालाई ठुलो झट्का: प्रभावशाली नेता पवन चौधरी राष्ट्रिय एकता दलमा प्रवेश

कलैया ८ बारा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सह-सचिव एवं संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गर्नुभएको छ। बारामा रास्वपाको सांगठनिक विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएका चौधरीको बर्हिगमनलाई जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

गत प्रतिनिधि सभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट रास्वपाको उम्मेदवार बन्नुभएका चौधरीले ७,००० मत प्राप्त गरी बलियो उपस्थिति जनाउनुभएको थियो। क्षेत्रमा राम्रो जनमत र युवाहरूमाझ लोकप्रियता रहेका उहाँको प्रवेशले राष्ट्रिय एकता दललाई बारामा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले रास्वपाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै देशको वास्तविक एकता र विकासका लागि नयाँ यात्रा सुरु गरेको बताउनुभयो। उहाँसँगै रास्वपाका केही स्थानीय कार्यकर्ताहरू पनि राष्ट्रिय एकता दलमा आवद्ध भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।