भारतद्वारा निर्वाचन सहायताको चौथो खेप हस्तान्तरण, ३० ट्रकसहित सामग्री प्रदान

भारतद्वारा निर्वाचन सहायताको चौथो खेप हस्तान्तरण, ३० ट्रकसहित सामग्री प्रदान

वीरगञ्ज १७ फागुन

भारत सरकारले नेपाललाई निर्वाचन सम्बन्धी सहायताको चौथो खेप औपचारिक रूपमा हस्तान्तरण गरेको छ। वीरगञ्जमा आयोजित कार्यक्रममा देवी सहाय मीना ले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लाई उक्त सहायता प्रदान गर्नुभयो।

नेपाल सरकारको अनुरोधअनुसार आगामी निर्वाचनको तयारीका लागि उपहारस्वरूप प्रदान गरिएको चौथो किस्तामा ३० वटा एक टन क्षमताका ट्रकसहित अन्य सामग्रीहरू समावेश छन्।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले समयमै निर्वाचन सहायता उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो।

यसअघि भारत सरकारले निर्वाचन सहायताअन्तर्गत पहिलो तीन किस्तामा ५८० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री नेपाललाई हस्तान्तरण गरिसकेको छ।

भारतीय पक्षबाट निरन्तर जारी सहयोगले नेपाल–भारतबीचको बहुआयामिक विकास साझेदारीलाई थप सुदृढ बनाएको उल्लेख गरिएको छ। साथै, यो सहयोग दुवै देशका जनताबीचको गहिरो विश्वास र मित्रताको प्रतीकका रूपमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।