पर्सा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको शक्ति प्रदर्शन : अजय चौरसियाको पक्षमा वीरगञ्ज वडा नं १० मा भव्य घरदैलो
पर्सा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको शक्ति प्रदर्शन : अजय चौरसियाको पक्षमा वीरगञ्ज वडा नं १० मा भव्य घरदैलो

वीरगञ्ज, १८ फागुन
पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा अजय कुमार चौरसिया लाई विजयी गराउने उद्देश्यले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० मा घरदैलो तथा जनशक्ति प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा वडा नम्बर–१० का पूर्व वडा अध्यक्ष रामनगिना साह लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले चुनावी नारासहित मुख्य सडक परिक्रमा गर्दै उत्साहपूर्ण समर्थन प्रदर्शन गरेका थिए।
आयोजकका अनुसार घरदैलो तथा जनशक्ति प्रदर्शन कार्यक्रम वीरगञ्जको मेनरोड परिक्रमा गर्दै सम्पन्न भएको हो। कार्यक्रममा उम्मेदवार चौरसियाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको समग्र विकास, पूर्वाधार सुधार तथा जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा उम्मेदवारहरूबीच प्रचार–प्रसार तीव्र बन्दै गएको छ। यसबीच कांग्रेस उम्मेदवार चौरसियाको पक्षमा आयोजित जनशक्ति प्रदर्शनले चुनावी माहोल थप सक्रिय र प्रतिस्पर्धात्मक बनाएको स्थानीयवासीहरूले बताएका छन्।






