बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज ११ भदौ 

बिरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ। बिरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले उक्त धर्मशाला भवनको विधिवत् उद्घाटन गर्नुभएको हो।

​उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले स्थानीय समुदायको सामाजिक तथा सांस्कृतिक कार्यहरूलाई सहज बनाउन धर्मशालाले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरवासीको आवश्यकता र विकास निर्माणका कार्यलाई महानगरपालिकाले सधैं प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

​उक्त उद्घाटन कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, वडा सदस्य अब्दुल लतिफ अंसारी, सामुदायिक सेवा समितिका अध्यक्ष ग्यासुदिन ठकुराई तथा स्थानीय अगुवा र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

​कार्यक्रममा सहभागी वक्ताहरूले धर्मशाला निर्माणले वडावासीलाई विभिन्न सामाजिक, धार्मिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न ठूलो टेवा पुग्ने भन्दै खुसी व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।