एनआरएनए आईसीसी कोप मेम्बर पाण्डेद्वारा मध्यपूर्व क्षेत्रीय सम्मेलनको संस्थागत अभियानप्रति ऐक्यबद्धता
एनआरएनए आईसीसी कोप मेम्बर पाण्डेद्वारा मध्यपूर्व क्षेत्रीय सम्मेलनको संस्थागत अभियानप्रति ऐक्यबद्धता

काठमाडौं १६ कार्तिक
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई सफल, भव्य र ऐतिहासिक बनाउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) का कोप मेम्बर तुल्सीराम पाण्डेले महत्वपूर्ण आर्थिक सहयोग प्रदान गरेका छन । पाण्डे सम्मेलनको डायमण्ड पार्टनरका रूपमा जोडिएका हुन्।
मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, सहकार्य र साझा सरोकारका मुद्दालाई सशक्त रूपमा उठाउने उद्देश्यसहित आयोजना हुन लागेको सम्मेलनमा पाण्डेको सहयोगलाई आयोजकले महत्वपूर्ण साथका रूपमा लिएको छ। एनआरएनएको संस्थागत अभियानप्रति निरन्तर प्रतिबद्धता जनाउँदै आएका पाण्डेले सम्मेलनको सफलताका लागि आर्थिक सहयोग उपलब्ध गराएर मध्यपूर्व क्षेत्रको अभियानप्रति आफ्नो ऐक्यबद्धता प्रस्तुत गरेका छन्।
एनआरएनए अभियानलाई एकताबद्ध, सुदृढ र परिणाममुखी बनाउन पाण्डेले निर्वाह गर्दै आएको भूमिका तथा संस्थाप्रतिको निष्ठालाई आयोजकले प्रशंसनीय र अनुकरणीय भनेको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरूको साझा हित, संस्थागत विकास र अभियानको प्रभावकारिताका लागि उनले देखाउँदै आएको आत्मीयता र सहयोगलाई आयोजकले उच्च मूल्यांकन गरेको छ।
‘सहयात्रा–२०२६’ लाई आयोजकले एउटा औपचारिक सम्मेलनका रूपमा मात्र नभई विश्वभर छरिएर रहेका नेपालीबीच एकता, विश्वास, सहकार्य र साझा जिम्मेवारी अभिवृद्धि गर्ने महत्वपूर्ण अभियानका रूपमा अघि बढाएको छ। सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित श्रम आप्रवासन, श्रमिक अधिकार, सामाजिक सुरक्षा, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने उपाय तथा एनआरएनएको संस्थागत सुदृढीकरणका विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।
विदेशमा श्रम र पसिना बगाइरहेका नेपालीहरूको हकहित तथा साझा सरोकारका विषयलाई संस्थागत रूपमा सम्बोधन गर्न क्षेत्रीय सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास मध्यपुर्व संयोजक रमेश श्रेष्ठले बताए । यसका लागि विभिन्न देशमा रहेका एनआरएनए अभियन्ता, सामाजिक व्यक्तित्व, व्यवसायी तथा सरोकारवालाबीच सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको श्रेष्ठको भनाइ छ।
मूल आयोजक समितिले पाण्डेको योगदानलाई आर्थिक सहयोगमा मात्र सीमित नराखी मध्यपूर्व क्षेत्रको संस्थागत विकास र एनआरएनएको साझा अभियानप्रतिको ऐक्यबद्धताका रूपमा लिएको जनाएको छ। उनको सहयोगले सम्मेलनको तयारी र सफलताका लागि थप हौसला प्रदान गरेको भन्दै आयोजकले आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र अभिभावकीय मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ को मूल आयोजक समितिले डायमण्ड पार्टनरका रूपमा महत्वपूर्ण सहयोग प्रदान गरेकोमा तुल्सीराम पाण्डेप्रति हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गर्दै उनको सुस्वास्थ्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको मध्यपुर्व संयोजक श्रेष्ठले बताए ।
आईसीसी कोप सदस्य पाण्डेले आफुले सानो जिम्मेवारीमात्रै पूरा गरेको जनाउदै मध्यपुर्वको यो सम्मेलनको सफलताको कामना गरे । उनले कार्यक्रम सफल बनाउन आफ्नोतर्फवाट जस्ता प्रकारका सहयोग पनि रहने बताए ।






