साबुन, माक्स,सेनिटाईजर र गल्फस लिएर घर घर मा पुगे वडा अध्यक्ष आलम

वीरगञ्ज १३ चैत्र
विश्व भरी फैलिएका महामारी को रुपमा कोरोना भाईरस लाई मध्य नजर गर्दै आज पर्सा गढीनगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम को नेतृत्व मा घर घरमा पुगी हात धुने डिटवल साबुन,सेनिटाईजर, माक्स, गल्फस वितरण गरिएको छ।
विश्वमा महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचन का लागि यो सामग्री वितरण गरिएको अध्यक्ष आलम ले बताए।
उक्त कार्यक्रममा मा साबिक वडा नं १ देखि ९ र हाल का वडा नं ५ का सम्पुर्ण महिला स्वास्थ्य स्वयं सेवका हरुलाई वडा अध्यक्ष आलम ले घर घरमा पुगी माक्स वितरण गर्ने र यो विश्व भरी फैलिएका महामारी कोरोना भाईरस बाट आफु बाचे र अरुलाई बचाउने जस्ता पोष्ट पम्पलेट बाड्ने अध्यक्ष ले निर्देशन समेत दिएको थिए।
सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय एकटंगा का सहायक प्रहरी निरीक्षक, स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज देव गिरी, वडा सदस्य योगेन्द्र साह, सतिया देवी, धुरुप राय भर स्वास्थ्यकर्मी सुमन चौधरी स्थानीय समाजसेवी अशोक यादव लगायतको सहभागिता रहेको थियो।






