आज जनकपुर-जयनगर रेल चल्दै

काठमाडौं। आइतवारदेखि जनकपुर जयनगर रेल गुड्ने भएको छ। भारतबाट खरिद गरेर ल्याएको रेल उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न दिनको एकपटक चल्ने भएको हो ।

रेल चलाउन लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ। लिकमा लगाइएका हाटबजार बन्द गराइएको छ ।

अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी भोलि बिहानैबाट काममा खट्ने भएका छन् ।

सञ्चालनका लागि दुवै रेलको इन्जिन र बोगी एउटैमा जोडिएको छ। अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ। जाने बेला एउटा इन्जिन र फर्किने बेला अर्को इन्जनको प्रयोग गरिने भएको छ ।

६० नेपाली र १४ भारतीय कर्मचारी भोलिदेखि काममा खटिनेछन्। भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुंगो लागेको छ।

जसमध्ये १४ जना भारतीय कर्मचारी आइसकेका छन्। फागुन पहिलो सातामा उदघाटन हुने रेल उद्घाटनपछि बाँकी भारतीय कर्मचारी आउने बताइएको छ । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।