ओलीको गृहजिल्ला झापामा ठडिँदै १८ तले भ्युटावर, तिस महिनामा कति प्रतिशत काम सम्पन्न ?

झापा: दमक स्थित दापगाँछीमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को भौतिक पूर्वाधारको ५५  प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र नौ तलासम्मको निर्माण पूरा दशौं तलाको ढलान भइरहेको प्रोजेक्ट म्नयानेजर सर्जल बिडारीले बताए ।

चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् ।

कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्रगतिमा निर्माणकार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको प्रोजेक्ट म्नयानेजर सर्जल बिडारी भनाइ छ । दमक नगरपालिका–३ दापगाँछीमा पाँच बिघा जग्गामा भ्यूटावरको निर्माण भइरहेको छ ।

नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी निर्माणकार्य तोकिएकै अवधिमा सम्पन्न गर्न भनेका थिए । तर कोरोना महामारीका कारण निर्माण अवधि अझ थापा गर्नु पर्ने भएको छ । ३० महिनामा सक्नु पर्ने भनिएको योजनाको समयावधि सकिए सम्म  प्रतिशत काम भएको छ । २०७८ साल पुष २७ गते योजनाको म्याद सकिएको छ र म्याद थपका लागि फायल मन्त्रालयमा जम्मा गरिएको बुझिएको छ । ‘कोभिडको यो लहर नआइदिएको भए काम अझ द्रुतगतिमा हुन्थ्यो’, प्रोजेक्ट म्नयानेजर सर्जल बिडारीले भने, ‘महामारीमा पनि हामि सतर्काक भएर काम गर्दै छौं  ।’

हाल भ्यूटावरमा १०० भन्दा बढी कामदारले दैनिक काम गरिरहेका छन् । म्याद थप भएपछि १५ महिनामा काम सक्ने गरि तयारी गरिरहेको प्रोजेक्ट म्नयानेजर सर्जल बिडारीले बताए ।

०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्काको सम्झौता ०७६ असार २७ मा भएको थियो तर तोकिएको मितिमा कोभिड–१९ का कारण निर्माण सम्पन्न हुन नसकेकोले नेपाल सरकारसँग म्याद थपका लागि पहल भइरहेको उनले बताए ।

अठार तलाको भ्यूटावर १०० मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने र बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ । टावरको सबैभन्दा तल्लो तलामा गाडी पार्किङस्थल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।