पूर्वराजाले गरे राज्य प्रणाली फेर्नुपर्ने कुरा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य व्यवस्थाको आलोचना गर्दै यसबारे समक्षिा गर्नुपर्ने देखिएको बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा एक दिन अगाडि नै शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाज भन्दै टिप्पणी गरेका हुन्।
यस क्रममा उनले राज्य प्रणाली नै परिवर्तन गर्नुपर्ने हो कि भनेर पनि प्रश्न गरेका छन्।
‘आफ्नो देशको प्रकृति र परवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु प्रजातन्त्र होइन’, उनले भनेका छन्, ‘प्रजातन्त्र नियन्त्रित र निर्देशित हुँदैन । यो स्वतः स्फूर्त एवं लोकसम्म हुन्छ र हुनुपर्छ।’
यस्तो छ उनले जारी गरेको सन्देश:






