एमसीसी ल्याउनमा भीम रावलको पनि सक्रिय सहभागिता रहेको खुलासा

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को चर्को विरोधमा छन् डा भीम रावल । नेपालमा अमेरिकी सेना आउने भाष्य निर्माण गर्न जिउज्यानको बल लगाएका छन् रावलले । तर तिनै रावल एमसीसी नेपाल भित्र्याउन सक्रिय रुपमा लागेको छ ।

सत्तामा मन्त्री हुँदा एमसीसी नेपाल भित्र्याउने प्रक्रियामा रावलको समेत सक्रिय भूमिका रहेको खुलासा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गरेका छन् ।

उनकाअनुसार एमसीसी प्रक्रियामा सबैको दलको सक्रिय सहभागिता रहेको छ । विगतमा निवेदन दिएर एमसीसी चाहिन्छ भनेर ल्याउने र अहिले ल्याउनेहरुले नै राष्ट्रघाती भनेर दोहोरो चरित्र देखाएको टिप्पणी गरे ।

माओवादीको सरकारमा बाबुराम भट्टराई प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा एमसीसी कुरा अघि बढेको उनले स्मरण गराए । ‘त्यसपछि झलनाथजी, ओलीजी, सुशील कोइराला, प्रचण्ड, हाम्रो सभापति देउवाजी सहभागी हुनुभयो । भीम रावलजी पनि सक्रिय सहभागी हुनुहुन्छ । ओलीले नै सदनमा पारित गराउनुपर्ने कुरा राखेका हुन् । मन्त्रिपरिषदबाट पारित गरेर अनुमोदन गरियोस् भनेर संसदमा दर्ता गराउनुभयो,’ उनले भने, ‘सम्पूर्ण नेताहरु, दलहरु जो आज विरोधमा ती कोही पनि अछुतो छैन ।’

‘नेपालको हितमा छ भन्ने सबै दलहरुको निष्कर्षका साथ यहाँसम्म आइपुगेको हो । हामी चाहन्छौ यो पास हुनुपर्छ,’ उनले भने, ‘यो अनुदान क्षेत्र हो । विद्युत र सडक निर्माण हामीले तोकेको यो हाम्रो आवश्यकता हो । सडक र विद्युत बन्दा राष्ट्रघात हुने भन्दा अचम्म लागेको छ ।’

सैन्य प्रयोजनमा खर्च गर्न नपाउने एमसीसी सम्झौतामै लेखिएको भन्दै उनले प्रश्न गरे, ‘यहाँ सैनिक कसरी आउँछ ? अमेरिकाको काम छैन र ? किन आउँछ ? ५० देशमा एमसीसी गइसकेको छ । कही पनि सेना गएको छैन । नेपालमा किन सेना आउँछ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।