चीनसँग सीमा समस्या समाधानका लागि कुरा राख्ने छौँ : परराष्ट्रमन्त्री खड्का

नेपाली कम्युनिस्ट नेताको दिमाग भुट्न नसकेपछि चिनियाँ राजदूत ‘भूमिगत’चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् ।
परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले उत्तरी नाकालाई पुनः सुरु गराउने विषयमा सरकारले धेरै पहल गरेको जानकारी दिए ।
’चिनियाँ परराष्ट्र मन्त्री वाङ यी सँग एक घण्टा लामो छलफलमा पनि यो कुरा माग गरेका थियौं । साथसाथै महामहिम राजदूतसँग भेटेर चीनबाट आएको प्रतिनिधि मण्डल सँग पनि हामीले यो कुरा उठाएका छौं’ खड्काले भने, ’यो कोभिडको कारणबाट हो भन्ने छ । आर्थिक रुपमा हामीलाई अप्ठ्यारो परिरहेको छ । हामीले खर्बौंको आयात गरेका छौं । निर्यात करिब करिब ठप्प रहेको छ । नाका खोल्ने विषय उच्च प्राथमिकतामा छ र हाम्रो चीनसँग सुमधुर सम्बन्ध रहेको छ । यसमा अन्य कुनै कारण छैन ।’
हुम्लामा सिमा मिचेको भन्दै पटक पटक किन हुन्छ बिरोध प्रदर्शन
मन्त्री खड्काले कोभिड क्रमिक रुपमा कम हुँदै जाँदा नेपालको अनुरोध पूरा हुनेमा आशावादी रहेको पनि बताए । ’निश्चय रुपमा नाका खोल्नका लागि चाँडोभन्दा चाँडो पहल होला । नाका खोल्ने विषयमा हामी सक्रिय छौं’ खड्काले भने, ’चीनमा अध्ययन गर्ने विद्यार्थी फर्काउने विषयमा पनि हाम्रो प्रयास छ ।’ खड्काले सुमधुर सम्बन्ध रहेका चीन र नेपालले सबै विषयलाई संवाद र समन्वयको माध्यमबाट अघि बढ्ने प्रयास गरेको बताए । सिद्धार्थ अनलाईन






