कानु यूवा समाज नेपाल द्वारा हुने होलि मिलन कार्यक्रमकाे तयारी बैठक सम्पन्न

वीरगञ्ज ३० फागुन
कानु युवा समाज नेपाल को आयोजनामा आज वीरगन्जको टाउन हलमा आज कानु जातीका अग्रजहरूको रोहवरमा बैठक सम्पन्न भएको हो ।
पछिल्लो समयमा कानु समाज पटकपटक गठन भएको तर समाजमा खासै चासो नदेखाए पछी युवा अगाडि बढेर जातीयलाई संगठीत गर्ने कार्य सराहनिय रहेको अग्रज अगुवारू बताउछन । 
कानु यूवा समाज नेपालले कानु जातीयलाई निरंतरता दिने तथा कानु समाजलाई समाज को हरेक क्षेत्रमा सहकार्य गरि अगाडि बढने कार्यक्रममा चर्चा भएको थियो ।
कार्यक्रममा पर्सा जिल्लाका विभिन्न राजनितीकदल,समाजसेवी ,बुद्धिजीवी,उधोगी तथा शिक्षाकहरुको सहभागिता रहेको थियोे ।
बैठकमा सहभागीहरुले कानु समाजलाई समाजमा कसरी आगाडी बढाउने बिषयमा छलफल भएको थियो । बैठकमा अखिलेश कुमार साह, बिमला गुप्ता,शंम्भु गुप्ता, राजेश कुमार साह, अधिवक्ता पनालाल साह,डा.राजेश साह, शिव गुप्ता लगायतका का सहभागिता रहेको थियो।
बैठकबाटै आयोजक कानु यूवा समाज नेपालले कानु जातीयलाई होलि मिलन कार्यक्रमका लागि बिरगंज स्थित टाउन हलमा चैत २ गते बुधबार २ बजे उपस्थिति भैइ कार्यक्रमको शोभा बढाउन आग्रह गरेका थिए । बैठक कानु युवा समाजका नेपाल का अध्यक्ष श्रवण प्रसाद साह को अध्यक्षतामा सम्पन्न भएको थियो






