काँग्रेस आत्मनिर्भर बन्नुपर्छ- विमलेन्द्र निधि

काठमाडौं। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली काँग्रेस आत्मनिर्भर बन्नुपर्ने बताएका छन् ।
बुधबार जनकपुरधाममा कांग्रेस धनुषाका नवनिर्वाचित जिल्ला पदाधिकारीहरूको प्रमाणपत्र वितरण समारोहमा नेता निधिले नेपाली काँग्रेस परनिर्भर नभई आत्मनिर्भर भएर आगामी चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।
लोकतन्त्रमा हुने निर्वाचनमा दलहरूले एक्लै चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ ।
निधिले चुनावमा गठबन्धन गर्नुपर्ने पक्षमा आफू नरहेको पनि स्पष्ट पारे । उनले नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा जुट्न पनि निर्देशन दिए ।




