नेपाली कांग्रेस नवलपरासीमा उम्मेदवार सिफारिसमा विवाद; जिल्ला र क्षेत्रको फरक फरक परिपत्र 

नवलपरासी २० चैत

नेपाली कांग्रेस पश्चिम नवलपरासीमा जिल्ला र क्षेत्रको फरक फरक परिपत्रले गर्दा उम्मेदवार सिफारिसमा विवाद सिर्जना भएको छ।

नेपाली कांग्रेस नवलपरासी २ न. क्षेत्रिय कार्य समितिले वार्ड स्तरमा पठाएको परिपत्र अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष नगर प्रमुख,उप प्रमुखको सिफारिस आवश्यक न पर्ने उल्लेख गरिएको छ तर जिल्ला कार्य समितिले पठाएको परिपत्रमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष ,नगर प्रमुख/उप प्रमुखको सिफारिस आवश्यक पर्ने उल्लेख गरिएको छ।

नेपाली कांग्रेसको विधानको धारा ३२ बमोजिम गाउँ तथा नगर कार्य समितिको हक अधिकार भित्र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगर प्रमुख/उप प्रमुखको सिफारिस सहित राय पेस गर्नु पर्ने आधिकार दिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयले समितिका तर्फबाट टेलिफोनमार्फत जिल्लाहरूलाई पठाएको समय तालिका अनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिएको छ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।