रामदरस कुशवाहा र अमिताभ वचन दास माथि पार्टी का असन्तुष्ट नेता कार्यकर्ताहरु द्वारा हातपात

वीरगञ्ज २९ चैत्र

नेकपा माओवादी केन्द्र का नेता कार्यकर्ताहरुले आज पार्टी कार्यालय राधेमाई दिउँसो २:३० को समयमा माओवादी केन्द्र का जिल्ला संयोजक रामदरस कुशवाहा तथा पार्टी का नेता अभिताभ वचन दास माथि पार्टीको नाममा अनावश्यक चन्दा उठाउदै पार्टीलाई बद्नाम गरेको भन्दै आक्रोशित कर्याकर्ताले माओवादी पर्साका संयोजक रामदरश कुशवहा र अमिताभ वचन दास माथि हातपात गर्दै पार्टी कार्यालयमा ताला लगाएका छन् ।

गठबन्धनको विषयमा पालिका र वडा स्तरमा कुनै सरसल्लाह नगरी एक्लै-एक्लै गठबन्धनको बाहानामा पार्टीका इमान्दार नेता कर्याकर्ताको चरित्र हत्या गर्न खोजेको।

माओवादी पार्टीको नाममा विभिन्न कार्यालयहरु मा गई चन्दा माग्ने र आफ्नो व्यतिगत खर्च चलाइरहेको जनकारी आएपछि पार्टी का नेता कार्यकर्ताहरु आक्रोशित भई कुशवाहा र दास माथि हातपात गरे हुन ।

पार्टी का नेता कार्यकर्ताहरु ले जिल्ला संयोजक र सचिवले गरेको कार्यप्रति असहमति जनाउँदै जिल्ला संयोजक र सचिव को राजीनामा समेत माग गरेका छन्।

प्रदेश कमिटी सदस्यमा सिफारिस जस्ता अनेक महत्वपुर्ण कामहरु एक्लै निर्णय गर्दै लेटर प्याडको र छाप दुरुपयोग गरिएको बजारमा पार्टीका इमान्दार कार्यकर्ताहरु संग दलाली गर्न खोजने भ्रष्ट पार्टी संयोजक र सचिवले निरन्तर पार्टीको नेता कार्यकर्ताहरु माथि आच आउने गतिविधि गरेकोले संयोजक र सचिव को राजिनामा माग गरेका छन्।

YCL संयोजकको नाम सिफारिस गर्दा कुनै पनि पालिक नेता कार्यकर्ताहरु संग सल्लाह नगरी नवआगन्तुकलाई आर्थिक लोभमा परी जिल्ला समन्वय समितिको नामबाट सिफारिस गरेका  छन।   भिडियो सहित

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।