काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्ष एमाले मा प्रवेश

वीरगञ्ज  २ बैशाख
नेपाली काङ्ग्रेस बाट निर्वाचित बहुदर माई नगरपालिका वडा न.७ का वडा अध्यक्ष प्रभु पटेल आज नेकपा एमाले मा प्रवेश गरेका छ्न।

नेकपा एमाले बहुदरमाई नगर कमिटि ले आज पिपरामा आयोजना गरेको एक कार्यक्रमका बिच नेकपा एमाले का केन्द्रिय सदस्य संविधान सभा सदस्य राजकुमार गुप्ता ले बहुदर माइ नपा -७ का वडा अध्यक्ष प्रभु पटेल, वडा न.९ का वडा सदस्य महमद फकरुदिन, मोतिलाल साह लाई अबिर को टिका लगाई गम्छा ओढाई पार्टी प्रवेश गराएका हुन।

कार्यक्रम मा नेकपा एमाले पर्सा का सचीव मनोज गुप्ता, जिल्ला कमिटि सदस्यत्रय ध्रुब साह, पुरन कुर्मी,केदारनाथ तिवारी, नेकपा एमाले का नेता तेजप्रकाश निशाद, शिव पटेल, प्रमोद कुशवाहा, बहुदरमाई नगरपालिका का बोर्ड सदस्य मुखदेव साह कानु लगायत का नेताहरुको उपस्थिती रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।