सय भन्दा बढी हतियारमा प्रतिबन्ध, हतियारमा आत्मनिर्भर बन्‍न अभियानमा भारत

नयाँ दिल्ली । भारतले हतियारमा आत्मनिर्भर बन्‍ने अभियानलाई तीव्रताका साथ अघि बढाएको छ। यसका लागि भारतले सयभन्दा बढी हतियारमा प्रतिबन्ध लगाएको छ। भारतले गत बिहीबार आयता प्रतिबन्ध लगाएका सयभन्दा बढी हतियारहरुको सूची सार्वजनिक गरेको हो।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानअन्तर्गत देश रक्षा उपकरण उत्पादनमा आत्मनिर्भर हुनुपर्ने बाताउँदै १०१ रक्षा उपकरण आयातमा प्रतिबन्ध लगाएको घोषणा गरेका हुन्। हतियारहरु भारतले स्वदेशमै बनाउने सिंहको भनाइ छ।

सम्बन्धित सबै पक्षसँग छलफल गरेर १ सय १ उपकरणको सूची आफूहरुले तयार गरेको सिंहको भनाइ छ। आयातमा लगाइएको प्रतिबन्धमा शक्तिशाली हतियार एसल्ट राइफल, ट्रान्सपोर्ट एयरक्राफ्ट, एलसीएचएस राडर जस्ता उपकरण पनि समावेश छन्। आगामी ६ देखि ७ वर्षभित्र सरकारले घरेलु रक्षा उद्योगलाई ४ लाख करोडको प्रोजेक्ट पनि दिने बताएको छ।

हाल भनिएका प्रतिबन्ध विस्तारै लागु हुनेछन्। सन् २०२४ सम्ममा उल्लेखित विदेशी हतियार र उपकरणहरु आयातमा प्रतिबन्ध लागिसक्नेछ। रक्षामन्त्री सिंहले यसअघि नै मगाइएका दुई लाख १० हजार करोडभन्दा हतियारहरु भित्रिएसँगै थप आयातमा प्रतिबन्ध लाग्‍ने जनाएका छन्।

यसअघि भारतीय प्रधानमन्त्ती मोदीले पनि रक्षा क्षेत्रमा आत्मनिर्भर भएमा मुलुकको सुरक्षाका विषयमा कुनै पनि मुलुकले चुनौती दिन नसक्नेसमेत बताएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।