विराटनगर महानगरको उप–प्रमुखमा केन्द्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले टिकट पाउने संकेत

विराटनगरः जनता समाजवादी पार्टी नेपाल(जसपा) मोरङमा विद्रोह हुने सम्भावना बढेको छ ।
जसपा विराटनगर महानगरपालिका नगर समितीले मनोमानी रुपमा नगर प्रमुख र उप–प्रमुखको नाम सिफारिस गरेपछि जसपा मोरङको माहोल तातिएको हो । यो मनोमानीबाट पार्टीका महिला नेतृहरु बढी आक्रोशित बनेकी छिन् ।
जसपा मोरङ जिल्ला समितीका अध्यक्ष राजकुमार यादव,पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा समेत रहेका नगर समितीका अध्यक्ष अमरेन्द्र यादव सहितका नेताहरुले पार्टीका सम्बिन्धत नेताहरुसंग छलफल नै नगरि आफु खुसी नगर प्रमुख र उप–प्रमुखको नाम सिफारिस गरेपछि महिला समुहबाट विभिन्न पदका आकांक्षी रहेकी नेतृहरु रुष्ट बनेकी छन् ।
पार्टीका केहि नेताहरुले यसलाई आसेपासे पाल्न गरेको निर्णयको संज्ञा दिएका छन् । नाम नखुलाउने शर्तमा जसपाका एक नेताले भने पार्टीले टिकट कसलाई दिने भन्नेकुराको निर्णय पहिले नै भइसेकेको छ । उनले पार्टीका अन्य नेताहरुको आखाँमा छारो हाल्न मात्र नाम सिफारिस गर्ने नाटक गरेको बताए ।
उनको भनाईले विराटनगर महानगरको उप–प्रमुखमा केन्द्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले टिकट पाउने संकेत दिएको छ । अनौपचारिक रुपमा अमरेन्द्रले नै टिकट पाउने पक्का भएको दाबी गरेका छन् ।
उनको यो भनाईले जसपामा भएको नातावाद र जातीवादको खुल्सत उदाहरण दिएको छ ।
यता,लामो समय देखि पार्टीमा रहि सक्रिय रुपमा पार्टी र जनताका लागि कार्य गर्दै आएकी विभिन्न नेतृहरु नगर र जिल्लाका अध्यक्षद्धयका कार्यशैली र मनोमानी प्रती सन्तुष्ट देखिएका छैनन् ।
अप्पन विरागढ परोपकार समाजकी अध्यक्ष समेत रहेकी जसपाको मोरङ जिल्ला सदस्य तथा विराटनगर महानगरपालिकाको महिला नगर अध्यक्ष बसुन्धारा झाले आफ्नो समाजिक सञ्जालमा एक स्टाटस लेख्दै पार्टीको यस्तो लापरवाह पुर्ण निर्णय मान्य नहुने लेखेकी छन् ।
उनले यदी पार्टीले अन्य नेता तथा कार्यकर्ताको चाहनालाई बेवास्ता गरे भण्डाफोर अभियान चलाउनु बाहेक कुनै विकल्प नरहेको समेत चेतावनी दिएकी छन् ।
सोहि स्टाटसमा उनले भनेकी छन् “विराटनगर महानगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) एक्लै चुनाव लड्दा पनि जित्ने प्रवल सम्भावना हुँदा हुँदै पनि केही व्यक्तिहरुले निजी स्वार्थपुर्तीका लागि गठबन्धन गरेको र मेयर÷उपमेयरमा पनि मनमानी ढंगले नाम सिफारिस गरेकोले यथाशिघ्र यो निर्णय सच्याउनु पर्छ ।”
उनले केन्द्रसम्म नाम सिफारिस गर्नुभन्दा पहिले वडा स्तरमा छलफल गर्नुपर्ने भएपनि पार्टीका नेताहरुले त्यसतो नगर्नु दुःखद भएको गुनासो पोखिन् ।
उनले पार्टीले यो रबैया नसच्याए सम्म आफुहरुले यो निर्णय मान्य नहुने बताएकी छन् ।
उनले समाजिक सञ्जालमा लेखेकी छन्ः “विराटनगर महानगरपालिकामा जसपा एक्लै चुनाव लड्दा पनि जित्ने प्रवल सम्भावना हुँदा हुँदै पनि केही व्यक्तिहरुले निजी स्वार्थपुर्तीका लागि गठबन्धन गरेको र मेयर उपमेयरमा पनि मनोमानी ढंगले नाम सिफारिस गरेका छन् । म पार्टीको यस्तो कार्यशैली प्रती घोर भ्रत्सना गर्दै अबिलम्ब सच्याउन माग गर्दछु ।
म पार्टीको विराटनगर महानगरपालिकाको महिला नगर अध्यक्ष हुँदा हुँदै पनि पार्टीले कुनै सोध खोज नगरी एकतर्फी ढंगले निर्णय गर्नु घोर निन्ंदनिय छ । गठबन्धन विराटनगरबासीलाई कुनै शर्तमा स्वीकार छैन । यदी बेवास्ता गरे भण्डाफोर अभियान चलाउनु बाहेक कुनै विकल्प छैन ।
जय मधेश जय मातृभुमी ।”
उनको यो स्टाटसले पार्टी भित्रको बेतिथीलाई दर्शाएको छ । जसपामा प्रायःजसो यस्तो विवाद उत्पन्न भैरहेको हुन्छ तर शिर्ष तहका नेताहरुले यस्लाई सुर्धान खासै चाँसो दिएको देखिएको छैन जसले गर्दा पार्टीको जगनै कमजोर हुने सम्भावना बढेको छ ।





