वीरगंज–८ का सयौं युवाहरु रास्वपामा प्रवेश, उम्मेदवार पन्तले गरे स्वागत

वीरगंज १८ फागुन । निर्वाचनकाे दिन जति नजिकिदै गएको छ वीरगन्जकाे राजनीतिक वृत्तमा निकै राेचक बन्दै  गएको छ ।
वीरगन्ज वडा नं. ८ का साजन महरा, ध्रुव  महरा, राहुल महरा लगायतका २०० जना रास्वपामा प्रवेशकाे घटना अर्थपूर्ण  रूपमा हेरिएको छ। गहवा क्षेत्रका २०० जना ‘जेन्जी’ (Gen Z) युवाहरू सामूहिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि स्थानीय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
विशेष गरी आगामी चुनावी जोडघटाउ र संगठन विस्तारको सन्दर्भमा यसले हरि पन्तलाईथ प बलियो बनाएको देखिन्छ।
ठूलो संख्यामा युवाहरू पुराना दल त्यागेर वा नयाँ जोसका साथ रास्वपामा समाहित हुनुले वीरगन्जको परम्परागत राजनीतिक गढमा युवाहरूको बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनालाई प्रतिबिम्बित गर्छ।
हरि पन्तले स्थानीय स्तरमा बनाएको प्रभाव र पार्टीको एजेन्डाले युवा पुस्तालाई आकर्षित गर्न सफल भएको संकेत यसले दिएको छ।
लागि मधेस प्रदेश, विशेष गरी वीरगन्ज जस्तो व्यापारिक र राजनीतिक केन्द्रमा यसरी युवाहरूको साथ पाउनु सांगठनिक हिसाबले ठूलो उपलब्धि हो।
यसले आगामी दिनमा स्थानीय मुद्दाहरूमा रास्वपाको उपस्थिति र पन्थको नेतृत्वदायी भूमिकालाई अझ प्रभावकारी बनाउने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।