टेस्लाका कारमा चीनले लगायो प्रतिबन्ध, चिनियाँ सहरमा बिक्री गर्न रोकियो

जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिना सम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् । यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ ।

टेस्ला कारमा जडान गरिएका क्यामेराले जासुसी गर्न सक्ने आशंकामा प्रतिबन्ध लगाइएको जनाइएको छ । टेस्लाको तेस्रो मोडलमा ८ ओटा क्यामेरा तथा मिलिमिटर–वेभ राडार र १२ अल्ट्रासोनिक सेन्सर जडान गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।