पत्रकार संतोष साहलाई ज्यान मार्ने धम्की

बीरगन्ज,२० असार

नेपाल पोष्ट डेली दैनिकका उप सम्पादक एवं नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य संतोष साहलाई समाचार लेखेको बिषयलाई लिएर एक जना तस्करले फोनमा ज्यान मार्ने धम्की दिएका छन् ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा पर्ने गादी खोलाबाट अबैध रुपमा बालुवा गिट्टी एवं नदिजन्य पदार्थको उत्खन्न तस्करी र चोरी निकासी हुने गरेको शिर्षकमा नेपाल पोष्ट मिडिया प्रा.लि.द्वारा संचालित नेपाल पोष्ट डेली डटकममा असार १८ गते प्रकाशित भएको समाचारको बिषयलाई लिएर पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ गादी वस्ने तस्कर समूहका नाइके दिपक रसाईलीले साहलाई ज्यान मार्ने धम्की दिएको हो ।

बिगत लामो समय देखि सो खोलाको ठेक्का समेत नलागेको तथा संघिय सरकारले समेत सो खोला जंगल अधार क्षेत्र भित्र पर्ने भएको कारण खोलाबाट बालुवा गिट्टी तथा नदिजन्य पदार्थको उत्खन्नमा रोक लगाएको थियो । बिगत ३ बर्ष देखि खोलाको ठेक्का समेत लागेको छैन् । तर दिनहु सो समुहले खोलाबाट बालुवा गिट्टीको उत्खन्न चोरी निकासी तथा तस्करी गर्ने गरेको छ ।

सो बिषयमा नेपाल पोष्ट डेली डटकममा समाचार प्रकाशित भएका प्रहरीले खोलाको निगरानी बढाएमा आतिएका रसाईलीले साहलाई गाली ग्लौज गर्दै ज्यान मार्ने धम्की दिएको दिएको साहले बताए । उनले समाचार डिलेट गर्न दबाव दिएको तथा समाचार लेख्ने पत्रकारलाई टाउँको काटी दिने भन्दै धम्की दिएको साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।