संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक सरकारले फिर्ता

काठमाडौँ, असार । संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक सरकारले फिर्ता लिएको छ ।
सरकारले हाल प्रतिनिधिसभामा नागरिकता ऐनको अर्को संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । आज मन्त्रिपरिषद बैठकले हाल प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर अर्को संशोधन विधेयक लैजाने तयारी गरेको हो ।
स्रोतका अनुसार बुधबार नै नागरिकता ऐन २०६३ को अर्को संशोधन विधेयक संसदमा पेश गर्ने तयारी छ । त्यसअघि मंगलबार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दलको शीर्ष नेताको बैठक बसेको छ ।






