चौरसिया वीरगन्ज जेसीसबाट कदरपत्र सहित सम्मानित

वीरगन्ज१४ साउन
पर्साको जिराभवानी गाँउपालिकाका कार्यपालिका सदस्यमा निर्वाचित भएका सरोज चौरसीयालाई वीरगन्ज जेसीसले सम्मान गरेको छ । पर्सा जिल्लाको ठोरी गाँउपालिका वडा नम्बर २ स्थित ठोरी जङगल रिसोर्टमा शनिबार बसेको वीरगन्ज जेसीसको छैठौ बैठकमा जेसीसका सदस्य समेत रहेका चौरसीयालाई सम्मान गरिएको छ ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जिराभवानी गाँउपालिका वडा नम्बर २ को वडा सदस्य र गाँउकार्यपालिका सदस्यमा नेपाली काँग्रेसको उम्मेदवार भइ निर्वाचित भएका चौरसीयालाइ वीरगन्ज जेसीसले सम्मान गरेको छ ।
बैठकमा वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गोपाल केडियाले चौरसीयालाई वीरगन्ज जेसीसको तर्फबाट कदरपत्र प्रदान गर्दै सम्मान गरेको वीरगन्ज जेसीस २०२२ का अध्यक्ष अमृत गौरोले बताए ।






