भारतबाट सुन चोरी गरिएको प्रकरणमा थप दुई जना पक्राउ

धनगढीः भारतबाट सुन चोरी गरिएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा उनीहरलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार अहिलेसम्म जम्मा ६ जनालाई समातेर अनुसन्धान चलिरहेको छ। आज सोमबार पक्राउ गरिएका २ जना बैतडीका भएपनि उनीहरुको अन्य पहिचान खुलाइएको छैन। ती दुवै जना भारतबाट सुन चोरेर नेपाल ल्याउने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ।

यसअघि सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धनगढीका सुन व्यवसायी सन्तोष लामिछानेसहित चार जनालाई पक्राउ गरेको थियो। उनीहरु पञ्जावमा भएको एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुन चोरीको घटनामा संलग्न रहेको प्रहरीको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।