देशका उईगुर मुस्लिमलाई दमन गर्ने आराेप खेप्दै आएकाे चीनसंग बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न गुहार

आफ्नै देशका उईगुर मुस्लिमलाई दमन गर्ने आराेप खेप्दै आएकाे चीनसंग बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न गुहार मागेको छ ।

बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग आग्रह गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना बीचको भेटमा प्रधानमन्त्री वाजेदले उक्त आग्रह गर्नुभएको हो । भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बंगलादेशको पूर्वाधार विकासका लागि उत्तम व्यापार सम्बन्ध, लगानी र सहयोगको प्रतिवद्धता चिनियाँ विदेशमन्त्रीले बंगलादेशसँग गर्नुभएको छ ।

चीनले सन् २०१९ को अगस्तमा म्यानमारमा सैनिक दमनका कारण भागेका करिब सात लाख रोहिंग्या मुस्लिम शरणार्थीलाई पुनः स्थापना गर्न नोभेम्बर २०१७ को सम्झौता गर्न म्यानमारमा आफ्नो प्रभावको प्रयोग गरेको थियो । तिनीहरूलाई फिर्ता पठाउने प्रयास गरेपनि शरणार्थीहरूले म्यानमारमा आफ्नो सुरक्षा नहुने भन्दै सम्झौता कार्यान्वयन गर्दा सुरक्षाको ग्यारेन्टीका लागि अन्तर्राष्ट्रिय समुदायसँग माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।