नेता चौरसियाको ५६ औं जन्मदिन मनाइयो।

वीरगञ्ज १३ पर्सा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियाको ५६ औं जन्मोत्सव आज एक कार्यक्रम बिच जन्मदिन मनाइयो। जन्मोत्सव कार्यक्रममा नेता चौरसियाको दिर्घायुको कामना गर्दै नेता तथा शुभचिन्तकहरूले मिठाई खुवाई तथा अबिर लगाएर स्वास्थ्य लाभको कामना समेत गरिएको थियो। निज निवासमा जन्मोत्सव कार्यक्रमको आयोजना गरिएको थियो।

सो जन्मोत्सवको कार्यक्रममा ने.का.वीरगंज माहानगर सदस्य तथा ठा.रा.ब.क्यामपसका सचिव राजचौरसिया,ने.का.पर्साका जिल्ला सदस्य ज्योतिष पुर्शोतम दुबे,ने.का.पर्साका सदस्य प्रेमचन्द्र कुशवाहा तथा युवा नेता बिकाश कुशवाहा, प्रदिप सराफ,मुना गुपता,सोनु गुप्ता,धुरेन्द्र पटेल लगायतका जन्मोत्सव कार्यक्रममा सहभागी रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।