नेता पटेल पर्सा क्षेत्र नं  १(ख) बाट प्रदेश सभा सदस्यमा एकल उम्मेदवार

वीरगञ्ज,  २७ पर्सा
म्ंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि पर्सा क्षेत्र नं. १ (ख ) बाट नेपाल परिवार दलका जिल्ला अध्यक्ष पल्टन पटेल प्रदेश सभा सदस्य पदमा चुनाव लडने बताएका छन्। नेता पटेल यो क्षेत्रको विकास गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी घोषणा गरेको नेता पटेलले बताए । यो क्षेत्रमा विभिन्न किसिमका रोजगार मुलक कार्यक्रम संचालन गर्ने र हजारौं युवाहरुलाई रोजगारी सिर्जना गर्ने नेता पटेलले बताए नेता पटेल २०७० सालको संविधानसभा निर्वाचनमा समेत नेपाल परिवार दलको तर्फबाट भाग लिएका थिए । नेता पटेलले भने ‘मैले राजनीति कमाउन गरेको हैन, यो क्षेत्रको विकास गर्न, यहाँका समस्याहरु समाधान गर्न तथा मैले १० औं वर्ष राजनीतिक क्षेत्रमा विताएर हासिल गरेको अनुभवलाई राष्ट्र निर्माणमा लगाउन राजनीतिमा आएको हुँ ।

नेता पटेलले विगतमा आएको कोरोना महामारी यस क्षेत्रमा गरिब,दलित, समुदायका परिवारलाई राहत सामग्री समेत वितरण गरिएका छन्। त्यसैले जनताको को आशाका किरण बनेका छन् पल्टन पटेल पर्सा क्षेत्र नं १ (ख)मा चर्चामा रहेका छन् नेता पटेल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।