नेपाललाई कालोसूचीमा पर्न नदिन देउवाले गरे बोल्ड डिसिजन, आर्थिक संकट टार्न उठाए जोखिमपूर्ण कदम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई कालोसूचीमा पर्न नदिन जोखिम लिएरै निर्णय लिएका छन् ।

देशमा निर्वाचन आचारसंहिता लागु भएको, सर्वोच्च अदालतलेसमेत फैसलामार्फत संकुचन गरेका बेला प्रधानमन्त्री देउवाले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमाझ कालोसूचीमा पर्न नदिन, नेपालका सार्वभौम जनताको शिर निहुरिन नदिन, नेपालको प्रतिष्ठा जोगाउन अध्यादेश ल्याउने जोखिमपूर्ण तर बोल्ड निर्णय गरेका हुन् ।

चुनावी सरकार भए पनि देशको इज्जत र प्रतिष्ठामा आँच आउन नदिन देउवाले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषद्बाट गराएका छन् । मन्त्रिपरिषद्ले नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

नेपालको अर्थतन्त्रमा संकटको कालो बादल मडारिरहेका बेला सम्पत्ति शुद्धीकरणमा कालोसूचीमा परे देशको आर्थिक अवस्था खराब अवस्थामा पुग्ने छ । त्यसलाई रोक्न देउवाले चुनावकै मुखमा भए पनि अध्यादेशबाटै जोखिम लिएर कानुन बनाउन लागेका हुन् । यसअघि देउवा सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक ल्याएर कानुन बनाउने प्रयास गरेको थियो ।

प्रतिनिधिबाट पास भएर गएको विधेयक राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमल्सिनाले छलफल विलम्ब गरेपछि अलपत्र परेको थियो । कानुन संशोधन नगर्दा देश सम्पत्ति शुद्धीकरणसम्बन्धी कालोसूचीमा पर्ने भन्दै सरकारले अध्यादेशमार्फत विभिन्न कानुन संशोधन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।