अलौंमा कौडाको खालबाट चार जुवाडे पक्राउ

वीरगन्ज,०८ कार्तिक

प्रहरीले वीरगन्जबाट ४ जना जुवाडेलाई ठूलो रकम सहित पक्राउ परेको छ ।दिपावलीका दिन सोमबार कौडा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ परेका हुन् । वीरगन्ज महानगरपालिका वडा नम्बर वडा नम्बर १७ अलौंमा सिवनरायण साह कानु को घरमा भईरहेको कौडा खेल सोमबार मध्यरातमा लाखौं रकमको हारजित हुने गरि कौडा खेल्दै गरेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा वीरगन्ज १७ कै २८ बर्षिय लक्ष्मी सहनी , ३० बर्षिय अनिल प्रसाद साह , ४० बर्षिय मुकेश गुप्ता र ३९ बर्षिय जाकिर मियाँ रहेका छन् ।

उनिहरुको साथबाट १ लाख १८ हजार १ सय ९० रुपैया पसन बरामद गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नतले जानकारी दिए । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।