प्रचण्ड र देउवालाई भेटेपछि ओली निवास बालकोट पुगिन् नुल्यान्ड

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटपछि ओली निवास बालकोट पुगेर नुल्यान्डले अध्यक्ष ओलीलाई भेटेकी हुन् । भेटमा नेपाल अमेरिका सम्बन्ध र अमेरिकी साझेदारीको बृहत् परियोजनाहरूमाथि छलफल भएको जनाइएको छ ।

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएकी हुन् ।नुल्यान्डले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।
त्यसअघि उन वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।