आज पाँचौं दिन पनि खाने पानी वितरण गरे युवा नेता अजय कुमार गुप्ता 

वीरगंज १२ साउन

आम सर्वसाधारण जनताको समस्यालाई आफ्नो समस्या जस्तो बुझेर युवा नेता अजय कुमार गुप्ता ले आज पनि पानी बितरण गर्दै आएका छन। अहिले २ महिना देखी पानी को हाहाकार बिभिन जिल्लाहरु लगायत छिमेकी राष्ट्र भारतमा पानीकाे समस्या भएको हामी सबैले अहिले हेर्दै र समस्या भोग्दै आएका छौ।

अजय कुमार गुप्ता कुनै पदमा पनि छैनन्। तरपनि गुप्ता अहिले वीरगंज महानगरपालिका वडा नं १० अशोक वाटीकामा मा लगतार पानी वितरण गर्दै आएका छन। अहिले को यस्तो अवस्थामा विभिन्न पालिका , संस्थाहरुले पानी बितरण गर्दै आएका छन।

आज पाँचौं दिन गुप्ताले लगभग ४० हजार लिटर पानी अशोक वाटिकाको नया बस्ती र गुप्ता बस्ने क्षेत्रमा बितरण गरेका छन । चापाकल सुकेर जनजिवन नै कष्टकर भईरहेको बेला युवा नेता अजय कुमार गुप्ता र पर्सा जिल्लाको छिपहरमाई गाउपालिको गाउँपालिका अध्यक्ष मनोज गुप्ता एकआपसमा समन्वय गरी पानी बितरण कार्यलाई निरन्तरता दिएका छन।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडा प्रत्यासी समेत रहेका गुप्ताले पानीको समस्यालाई मध्य नजर गर्दै सोमबार देखी छिपहरमाई गाउँपालिका बाट पानीको ट्याङ्की र पानी मंगाई विरगंजको घडिअर्वा रानीघाट लगायतको टोलमा बितरण गर्दै आएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।