मेडीकल व्यवसायी दुर्गा प्रसाईको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति प्रति सांसद चौरसियाको आपत्ति

वीरगंज २ भदौ

मेडीकल व्यवसायी दुर्गा प्रसाईले मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहस नहस तुल्याएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण सार्वजनिक अभिव्यक्ति प्रति पर्सा क्षेत्र नं. २ का सांसद अजय चौरसियाले आपत्ति जनाउदै खेद व्यक्त गर्नु भएको छ ।

औद्योगिकिकरण र व्यवसायीक लगानी मार्फत मुलुकमा रोजगारी सृजना गरी अर्थतन्त्र चलाएमान बनाउन मारवाडी समुदायको ठुलो योगदान रहेको बताउदै सांसद चौरसियाले मारवाडी समुदायले सामाजिक उत्तरदायीत्व अन्तर्गत पर्ने अन्य क्षेत्रहरुमा पनि उत्साहजनक सहभागिता जनाउदै आएको बताए ।

व्यवसायी प्रसाईले कसैको व्यक्तिगत विषयलाई लिएर सम्पुर्ण समुदायलाई नै आघात पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय रहेको चौरसियाको भनाई रहेको छ । तसर्थ सामाजिक सद्भाव, मेलमिलाप र भाईचारा कायम राख्न सम्बन्धित सबैमा अनुरोध समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।