चिनियाँ नागरिकले नेपाल, भारत र चीनको गरे बेइज्जत, सुन तस्करीमा नयाँ नयाँ गुत्थी खुल्दै

काठमाडौं – चिनियाँ नागरिकले नेपालमा बसेर के कस्ता अपराधकर्म गरेका रहेछन् भन्ने गुत्थी खुल्दै गएका छन् ।

एक क्विन्टल सुन प्रकरणले नेपालमा बसेका चिनियाँ नागरिकको बदमासी सार्वजनिक गरेको हो । विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँहरुसँग नेपाली नागरिकताको प्रमाणपत्रसमेत रहेको खुलासा भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले गरिरहेको अनुसन्धानका क्रममा हङकङबाट आएको सुनमा चिनियाँ समूहको सञ्जाल मात्रै नभएर अधिकांशले नेपाली नागरिकता नै लिएर आपराधिक कार्य गरिरहेको देखिएको हो ।

एक महिनाअघि राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनमा अन्तरदेशीय आपराधिक समूहको संलग्नता देखिएको भन्दै सीआईबीलाई अनुसन्धानको जिम्मा लगाएको थियो ।

‘नाम छिरिङ लामा, जन्मस्थान काठमाडौं, वडा नम्बर ६ । जन्ममिति २०४२ साल । बाबुको नाम टाण्डुप लामा । नागरिकताको किसिम वंशज ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता वाहक वास्तविक नेपाली भने होइनन् । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक लि वेन छङले बनाएको नेपाली नागरिकता हो ।

उनीसँग सन् २०२२ मार्चमा जारी भएको ३६०३८७६६० नम्बरको चिनियाँ राहदानीसमेत बरामद भएको छ । उनले नेपाली नागरिकतासँगै नेपालको राहदानी पनि लिएको भेटिएको छ ।

सुन तस्करीमा अनुसन्धान गरिरहेको सीआईबीले पक्राउ गरेका पाँचजना चिनियाँले नेपालको नागरिकता लिएको खुलेको छ । ईई ७२९५३७९ नम्बरको चिनियाँ राहदानी लिएर नेपाल आएका डिङ शेङ फाले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २०७८ पुस ८ गते राम लामाको नाममा ३०३०४१२२५४ नम्बरको नागरिकता र त्यसैका आधारमा १२५८९४५७ नम्बरको राहदानीसमेत लिएको भेटिएको छ ।

चिनियाँ नागरिक लि नेङ काईले पनि २०७८ सालमै सोनाम लामाको नाममा नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ ।

काभ्रेबाटै जारी भएको उनको १२५८९४५६ नम्बरको नेपाली राहदानी छ ।सुन तस्करी काण्डमा नाइकेका रुपमा पक्राउ परेका दावा छिरिङले २०७४ साल पुसमा काभ्रेबाटै नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

चिनियाँ मूलका भारतीय नागरिक थुप्तेनले भारतको आधार कार्ड लिएका छन् । सुनकाण्डमा पक्राउ परेका चिनियाँले नेपालमा बसेर वंशजका आधारमा नागरिकता र त्यसैका आधारमा राहदानी लिएको विषय थप पेचिलो बनेको छ ।

पक्राउ परेका सबैसँग नेपालको नागरिकता र राहदानी भेटिनुले नेपालमा यो समूहलाई सहयोग गर्ने सरकारी तहकै व्यक्ति संलग्न रहेको आशंका प्रहरीको छ । पक्राउ परेका चिनियाँले नेपाली राहदानी बोकेर यात्रा गरे वा नगरेकोबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट समेत चिनियाँ नागरिकले नागरिकता लिएको भेटिएपछि उनीहरुको सुन धन्दामा सहयोग गर्ने को को छन् भन्ने थप अनुसन्धानको विषय बनेको हो ।

अहिलेसम्म सुन काण्डमा पक्राउ परेका २२ मध्ये पााच चिनियाँ, एक चिनियाँमूलका भारतीय र अर्का एक चिनियाँमूलका वेल्जियम नागरिक छन् ।

नेपालमा भिजिट भिसामा बसेर अपराधकर्ममा लागेका चिनियाँले आफ्नै देशको मात्र होइन, नेपाल र भारतको पनि बेइज्जत गरेका छन् । मिडियाडबलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।