चीनियाँ दुतावास अगाडि अभियानको प्रदर्शन, राजदुत फिर्ता गर्न माग

राष्ट्रिय एकता अभियानले आज काठमाण्डौं स्थित चीनियाँ दुतावास अगाडि प्रदर्शन गरेको छ। राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा अभियानले प्रदर्शन गरेको हो।

अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा आयोजित प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिदैन, देश डुबाऊन पाइदैन, आंतरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावादलगायतका नारा लगाएका थिए।

प्रदर्शनमा मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, अभियानका महासचिव डा. प्रभात कुशवाहा, विद्यार्थी परिषदका पप्पु यादव, युवानेता धीरज गिरी, अभियानी शिव पासवान, गणेश कुमार सिंह लगायतको सहभागिता थियो।

अध्यक्ष यादवका अनुसार चीनियाँ दुतावासले जथाभावी बोलेर नेपाल–भारत सम्बन्ध माथि प्रहार गरेको र यो राजदूतको मर्यादा विपरीत काम हो। सरकारले कूटनीतिक प्रकृयाद्वारा यस्ता छाड़ा गतिविधि माथि रोक लगाउनु पर्ने उनको भनाई छ। ‘चीनले खासा नाका एकतर्फी घोषणा गरेर बन्द गरी नेपाललाई दुःख दियो, तर चीन माथि हाम्रो निर्भरता कम रहेकोले खासै फरक परेन’ यादव भन्छन्–‘भारतले चाहिएको बेला नेपाललाई खाद्यान्न दिएको छ, बिजुली दिएको छ। खाद्यान्न र ऊर्जा सुरक्षा देशको लागि अत्यन्त संवेदनशील विषय हुन।’

चीनले आफ्नो रणनीतिक योजनाको लागि नेपाल माथि ऋणको भारी बोकाएको यादवको आरोप छ। अहिले नेपाल–भारत सम्बन्ध बिगार्न पनि राजदुतले भुमिका खेलिरहेको उनले वताए। ‘चीनले नेपाललाई आफ्नो सस्तो÷कमसल सामान बेच्ने बाजार र भारततर्फ सुन लगायतका सामान तस्करी गराउने ट्रान्जिट प्वाइन्टको रुपमा मात्र प्रयोग गर्दै आएको छ’ उनी भन्छन्–‘नेपालको अर्थतन्त्रमा कुनै योगदान गरेको छैन। चीनका यस्ता गतिविधिप्रति नेपाल सावधान र सचेत रहन आवश्यक छ।’ नेपालआज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।