न्यायिक प्रक्रियामा नवलपरासी जिल्ला मै कमजोर पाल्हीनन्दन गाउँपालिका 

रंजीत शर्मा

पाल्हिनन्दन २८ भाद्र

जनताले आस र भरोसा गर्ने स्थानीय निकायको न्यायीक प्रक्रियामा पश्चिम नवलपरासीको पाल्हींनन्दन गाउँपालिका जिल्ला मै कमजोर देखिएको छ।

आर्थिक वर्ष २०७९/०८० मा पाल्हिनन्दन गाउँपालिकाको न्यायीक शाखामा दर्ता भएको कुल ६८ वटा मुद्दाहरू मध्ये जम्मा १९ वटा मुद्दा निरोपण भएको छ ।

त्यस मध्ये दफा ४७ को उपदफा १ मा भएको २३ वटा मुद्दा मध्य जम्मा ८ वटा निरोपण भएको र १५ वटा बाकी रहेको छ भने दफा ४७ को उपदफा २ मा दर्ता भएको ४५ वटा मुद्दा मध्य जम्मा ११ वटा निरोपण गरिएको र ३४ वटा बाकी रहेको न्यायीक शाखाका कर्मचारी डब्लु यादवले बताए।

त्यस्तै जिल्लाको बर्दघाट नगरपालिकामा गत आर्थिक वर्षमा १३० वटा मुद्दाहरू दर्ता भएका थिए जस मध्य ९० वटा मुद्दाहरू निरोपण भएको,९ वटा मुद्दाहरू अदालत पठाइएको र ३१ बाकी रहेको बर्दघाट नगरपालिकाका न्यायीक समिति संयोजक रुदप्रकाश उपाध्यायले जानकारी गराए।

त्यस्तै जिल्लाको सरावल गाँउपालिकामा गत आर्थिक वर्षमा १४० वटा मुद्दाहरू दर्ता भएका थिए जस मध्य ४५ वटा मुद्दाहरू निरोपण भएको, १८ वटा मुद्दाहरू अदालत पठाइएको, ५ वटा फाइल बन्द गरिएको र ७२ वटा प्रक्रियामा रहेको सरावल गाउँपालिकाका न्यायीक समिति संयोजक वासमती हरिजनले जानकारी गराइन्।

त्यस्तै जिल्लाको सुस्ता गाँउपालिकामा गत आर्थिक वर्षमा ४२ वटा मुद्दाहरू दर्ता भएका थिए जस मध्य २४ वटा मुद्दाहरू निरोपण भएको, ५ वटा मुद्दाहरू अदालत पठाइएको, ३ वटा फाइल बन्द गरिएको र १० वटा प्रक्रियामा रहेको सुस्ता गाउँपालिकाका न्यायीक शाखाका कर्मचारी रेशमा जोशीले जानकारी गराइन्।

त्यस्तै जिल्लाको प्रतापपुर गाँउपालिकामा गत आर्थिक वर्षमा २२५ वटा मुद्दाहरू दर्ता भएका थिए जस मध्य १८७ वटा मुद्दाहरू निरोपण भएको र ३८ वटा प्रक्रियामा रहेको गाउँपालिकाका न्यायीक समिति संयोजक मान कुमारी चौधरीले जानकारी गराइन्।

त्यस्तै जिल्लाको रामग्राम नगरपालिकामा गत आर्थिक वर्षमा ५१ वटा मुद्दाहरू दर्ता भएका थिए जस मध्य ४५ वटा मुद्दाहरू निरोपण भएको र ६ वटा प्रक्रियामा रहेको नगरपालिकाका न्यायीक शाखाका कर्मचारी राम जीले जानकारी गराएका छन्।

त्यस्तै जिल्लाको सुनवल नगरपालिकामा गत आर्थिक वर्षमा ५७ वटा मुद्दाहरू दर्ता भएका थिए जस मध्य ४९ वटा मुद्दाहरू निरोपण भएको,२ वटा फाइल बन्द गरिएको र ६ वटा प्रक्रियामा रहेको सुनवल नगरपालिकाका न्यायीक शाखाका कर्मचारी बन्दुराज पौडेलले जानकारी गराएका छन्।

नवलपरासी जिल्लामा जग्गा सम्बन्धी,लेनदेन,घराईसी,केरा व्यापारीको आपसी लेनदेन लागत मुद्दा बढी रहेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।