अनुमति बिना सञ्चालित दुई शैक्षिक संस्थामा यादव नेतृत्वको टोलीले गर्यो शिलबन्दी

वीरगन्ज १५असोज
वीरगन्जमा अनुमति बिना संचालित थप दुई वटा शैक्षिक संस्थामा वीरगन्ज महानगरपालिकाले शिलबन्दी गरेको छ ।
महानगरद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादबको नेतृत्वमा सोमबार खटिएको अनुगमन टोलीले वीरगन्ज ८ मा सञ्चालित न्यू पपुलर इङ्गलिस ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युट र तराई एजुकेसनल कन्सल्टेन्सी प्रालिमा शिलबन्दी गरेको हो ।
दुबै संस्था महानगरमा दर्ता बिना नै संचालनमा रहेको भेटिएपछि शिलबन्दी गरिएको समितिका संयोजक यादवले बताए ।
अनुगमनमा महानगरको शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछाने, नारायण छापागाईँ, महानगरका मेयरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको टोली सहभागी थियो ।






