जसपा केन्द्रीय सदस्य सिंह कांग्रेस प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य अशोककुमार सिंह नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस मधेस उपसभापतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले अशोककुमारसहित जसपा छाडेर आएका नेता, कार्यर्ताहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।

कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ ले गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा उनीहरू पार्टीमा प्रवेश गरेको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।