व्याक्तिगत रिसबी साँध्न अफवाह फैलाउनेलाई कानुनी उपचार हुन्छ : मेयर सिंह

व्याक्तिगत रिसबी साँध्न अफवाह फैलाउनेलाई कानुनी उपचार हुन्छ : मेयर सिंह

वीरगन्ज १२ कार्तिक

वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले राजनीति र समाजमा प्रतिस्पर्धा गर्न नसकेर केहि व्याक्तिले रिसबी साँध्न आफनो विरुद्धमा झूठो भ्रम फैलाएकाले त्यस्ता अफवाहमा नपर्न वीरगन्जवासीसंग अपिल गरेका छन् ।

आइतबार दिउँसो सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै मेयर सिंहले त्यस्ता भ्रम फैलाउने र लाञ्छना लगाउने हर्कतमा संलग्नहरुविरुद्ध कानूनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन् ।उनले वीरगन्जलाई विकसित र समृद्धि बनाउने आँफुले थालेको अभियानलाई असफल पार्ने नियतले अनेक प्रपञ्च रच्नमा लागेकाहरुले आँफुविरुद्ध अनेक भ्रम फैलाउने हर्कत गरिरहेको बताएका छन् । तर त्यस्ता हर्कतले आफनो अभियान र लक्ष्यमा कुनै असर नपर्ने उनको भनाई छ ।

फेसबुक पोष्टमा मेयर सिंहले लेखेका छन् – राजनितिक सामाजिक प्रतिस्पर्धा गर्न नसकेर व्यक्तिगत रिस निकाल्न केहि व्यक्तिहरु मेरो विरुद्द भ्रम फैलाईरहेका छन् ।वीरगन्जलाई विकास र समृद्दिको बाटोमा लैजाने मेरो एक मात्र उद्देश्य र काममा अवरोध गरी विभिन्न उल्झनमा अल्झाउदै, समय बर्बाद पार्दै अन्ततः फेल गर्ने उद्देश्यले प्रेरीत व्यक्तिहरु यो कार्यमा सक्रिय रहेको मेरो बुझाई छ । विपक्षिहरु र केही संकुचित मानसिकताका पत्रकारहरूले जतिसुकै हतकण्डा अपनाएपनि यो सपना साकार हुनेछैन।

  1. यस्ता भ्रामक र काल्पनिक अफवाहबाट आँफु विल्कुलै विचलित नहुने भन्दै मेयर सिंहले भनेका छन् – “सम्भावना“लाई “सम्भव“ बनाउने हाम्रो यात्रा निरन्तर जारी रहने छ । भ्रम फैलाउने त्यस्ता व्यक्तिहरु विरुद्द कानुनी उपचार पक्कै हुनेछ ।

यसैबिच सामाजिक सञ्जालमा केहि सिमित व्याक्तिले आफनो रिसबी साँध्ने नियतले मेयर सिंहविरुद्ध भ्रामक हल्ला फिजाएपछि त्यसको चौतर्फी आलोचनापनि भइरहेको छ ।वर्षौँदेखि दोहनमा परेको वीरगन्जको सार्वजनिक सम्पत्ति महानगरको अधिनमा ल्याएका मेयर सिंहका विरुद्ध केही भूमाफिया र दलालहरुले जनतामा भ्रम फैलाउन खोजेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।वीरगन्जको आदर्शनगरस्थित करोडौँ मूल्यको जग्गा हडपेकाहरुलाई धपाएपछि तिल्मिलाएकाहरुले मेयर सिंहको कामलाई ओझेलमा पार्न यस्तो भ्रम फैलाउन खोजेको भन्दै आलोचना भइरहेको हो ।

मेयर सिंहले वर्षौँदेखि मुख्य नाला नै बन्द गरेर बनेका भवन पनि हटाएर नाला खुला गराउँदै वीरगन्ज डुबान हुनबाट बचाएका थिए ।यस्तै वीरगन्जलाई स्वच्छ, सफा बनाउन अहोरात्र खटिरहेका मेयर सिंह बारे भ्रमपूर्ण आरोप लगाइएपछि राजनितिक सामाजिक प्रतिष्पर्धा गर्न नसक्नेले सामाजिक सञ्जालमार्फत व्यक्तिगत रिसिवी निकाल्न अनर्गल कुराहरु गरेर मेयर सिंहको प्रतिष्ठामा प्रहार गर्न खोजेको नेपाल प्रेस युनियनका सचिव अशोक तिवारी बताउँछन् ।

‘म हेर्दै छु वीरगन्जमा केही दिन देखि मेयर राजेशमन सिंहको व्यक्तिगत हुँदै न भएका गलत कुराहरू लेखेर चरित्र हत्या गर्ने काम भइरहेको छ त्यो गलत हो’, उनी भन्छन्, ‘यदि मेयरले भ्रष्टाचार गरेका छन् या नगर वासीको हकमा नराम्रो काम गरेका छन् भने बिरोध हुनु पर्छ तर हुँदै नभएको कुरा लेखेर चरित्र हत्या गर्नु कायरता हो ।’फेसबुक पोष्टमा तिवारीले लेखेका छन् ‘अफवाह फैलाउनेहरुको नगरवासी सबैले बिरोध गर्नु पर्छ, मेयरलाई अवरोध होइन काम गर्न दिउँ ।’

यस्तै युवा अभियन्ता महादेव कुर्मीले पनि मेयर विरुद्ध सामाजिक सञ्जालमा केही व्यक्तिले फैलाएको भ्रम ब्यक्तिगत रिसिबी र स्वार्थको लागि भएको बताएका छन् ।

फेसबुकमा उनी लेख्छन्, ‘एउटा सार्बजनिक पदमा बसेका व्यक्तिको गुण, दोसको आधारमा आलोचना गर्न सकिन्छ र त्यो ब्यवहारिक पनि हो तर आफ्नो व्यक्तिगत रिसिबी र स्वार्थको लागि कसैको चरित्र हत्या गर्नु कुसल राजनीतिक संस्कार हुन सक्दैन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।