कलैयाका एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार

बारा १३ कार्तिक

बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार गरिएको छ ।

गोली प्रहार भएपछि उनलाई उपचारका लागिबिरगंज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा दु:खद निधन भएको छ l

अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक रहेको छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् ।

स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन् । घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।