यातायात व्यवस्था सवारी शाखामा कार्यरत्त बुवा महेन्द्र र बिचौलिया छोरा हरिले मच्चाए ब्रह्मलुट

अजय चौरसिया/
वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजका कार्यालय सहयोगी महेन्द्र साह र उनका छोरा हरि साहले भ्रष्टाचार कार्यलाई बढावा दिदै आएको सेवाग्रहीहरुले बताएका छन् ।
लामो समय देखि सवारी शाखामा कार्यरत्त कार्यालय सहयोगी महेन्द्र साहले पटके फाँट पनि हेर्दै आएका छन् । नेपाली गाडी साहुहरुले आफ्नो गाडीको पटके रसिद कटाउन जाँदा रसिदको अलावा प्रत्येक गाडी धनीहरु सँग साहले २ सय देखि ५ सय सम्म असुल्ने गर्ने गरेको शुक्रवार गएका एक सेवाग्रहीले बताए ।
भारतीय पर्यटकहरुले भारतीय नम्बरको गाडी लिएर पटके कटाउन जाँदा उनीहरु सँग रसिदको अलावा साहले ५ सय देखि २ हजार सम्म असुल्ने गर्ने गरेको सोही कार्यालयमा कार्यरत्त एक जनाले नाम नछाप्ने शर्तमा बताए ।
पटकेको रसिद काटन जिम्मा पाएका कार्यालय सहयोगी महेन्द्र साहले दैनिक करिब ५ हजार रुपैया नेपाल सरकारको तलबको अलावा घुसको रकम असुल्ने गर्ने गरेको बताईन्छ । यता उनकै छोरा बिचौलिया हरि साहले सवारी शाखाको मोटरसाईकल फाँटमा ताण्डव मच्चाएको बताईन्छ ।
बुवा महेन्द्रको अनुपस्थितमा पटके रसिद काटदै आएका हरि साहले पछिल्लो समय यामाहा कम्पनीको सवारी शाखामा काम गर्ने गराउने भनेर आधिकारिक प्रतिनिधि भई यामाहाको काम हेर्दै आएका छन् भने सोही कम्पनीको आडमा दिनदिनै मोटरसाईकलको सनाखत नामसारी सो फाँटका कर्मचारीहरुलाई मिलाई गराउदै आएको स्रोतको कथन रहेको छ ।
चितवन, हेटौंडा, निजगढ लगायतका ठाउँहरुमा रिकन्डिसन खोलेका साहुहरु सँग प्रति ब्लुबुक ५ हजारको दरले हरिले रकम लिई मोटरसाईकल फाँटमा प्रति ब्लुबुक २ हजार देखि ३ हजार सम्म दिई मोटरसाईकल धनि बिना नै सनाखत नामसारी गर्ने गराउने गरेको बताईन्छ ।
रिकन्डिसनका साहुहरुले पहिला हरिको ह्वाटसएप र म्यासेन्जरमा नाम र मोटरसाईकल नम्बर पठाउने गर्छन र हरिले मोटरसाईकल फाँटमा कुरा मिलाए पछि बुद्ध कुरियर माईस्थान मार्फत ब्लुबुक मगाएर सनाखत नामसारी गराउने गरेको स्रोतको कथन रहेको छ ।
कार्यालय सहयोगी महेन्द्र साह र उनका छोरा हरि साहको गतिविधि नियमकानुन बिपरित भए पनि कार्यालय प्रमुख कमल गौतम चुपी साधेर बस्दा उनको पनि संलग्नता छ कि ? अनेकन किसिमको शंका उपशंका उब्जिएको छ ।
हरिको म्यासेन्जर र बुद्ध कुरियरमा उनको नामले कति वटा पार्सल आएको छ, नियमनकारी निकायले अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउँदा उनको भ्रष्टाचारको फेहरिस्त घाम जस्तै छर्लङ्ग हुने समाचार स्रोतले जनाएको छ ।






