नारायणी अस्पतालको अध्यक्षमा कांग्रेसका युवा नेता धिरज गुप्ता

नारायणी अस्पतालको अध्यक्षमा कांग्रेसका युवा नेता धिरज गुप्ता

वीरगञ्ज २० कार्तिक

वीरगन्ज स्थिति नारायणी अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता धिरज कुमार गुप्ता नियुक्त भएका छन् ।

संघ सरकार मातहत रहेको नारायणी अस्पताल विकास समितिको अध्यक्षमा गुप्ता नियुक्त भभएका हुन् । यहि कार्तिक १७ गतेको मन्त्रिस्तरीय निर्णयबाट अध्यक्षमा गुप्तालाई नियुक्त गरिएको हो ।

अध्यक्षमा नियुक्त गुप्ताले सोमबार देखि नै कार्यभार सम्हाल्ने भएका छन् । अस्पतालाई प्रदेशकै नमूना अस्पताल बनाउने बताएका छन्।

अस्पतालमा विद्यमान विकृति र विसंगतीलाई शुन्यमा झार्नेछु । यसका साथै बिरामी र सेवाग्राहीलाई गुणस्तरीय सहज र सुलभ उपचार उपलब्ध गराउने मेरो पहिलो प्राथमिकतामा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।