सवारी शाखाका बिचौलिया हरि र उनका बुवा महेन्द्रले प्रमुख गौतमको आर्शिवादले भ्रष्टाचार गरिरहंदा नियमनकारी निकाय मौन !

अजय चौरसिया/
वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखाका बिचौलिया हरि साह भन्ने हरिवंश प्रसाद गुप्ता र उनका बुवा कार्यालय सहयोगी महेन्द्र साहको कालाकर्तुतको बारेमा यस अनलाईनमा समाचार प्रकाशित भए पछि हरिले फेसबुक कमेन्टमा सवारी शाखामा ९८ प्रतिशत सवारी सनाखत नामसारी हुने गरेको जनाएका छन् ।
ना १ प देखि हालसम्म सनाखत नामसारी हुदै आए पनि कुनै पनि सवारी धनीको कही कतै उजुरी नपरेको बताएका छन् । जबकी सनाखत नामसारी कानुन बिपरित हो र सनाखत नामसारी कै सन्दर्भमा सवारी शाखाका कैयौं कर्मचारी अख्तियारको तारेखमा रहेको कार्यालयका एक कर्मचारीले बताए । यामाहा कम्पनिको कार्यालयमा झाडु पुच्छा लगाउदै आएका हरिले कम्पनिकै आडमा बिचौलियाको कार्य गरिरहंदा प्रहरी प्रशासन मौन देखिएको छ । लेखापढी व्यवसायीको प्रमाणपत्र नभए तापनि हरिले लेखापढी व्यवसायी हुँ भन्दै सेवाग्रहीहरुलाई झुक्याउदै मोटो रकम असुल्दै कार्यालयमा काम गर्ने गराउने गरेको बताईन्छ । भ्रष्ट कार्यालयको रुपमा चर्चा कमाएका सवारी शाखामा हरिले चितवन, हेटौंडा, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसन हाउसको साहुहरु सँग मोटरसाईकलको ब्लुबुक मात्र मगाई सनाखत नामसारी गराउदै आएको बताईन्छ । जबकी मोटरसाईकल नामसारी गराउनु पर्दा मोटरसाईकल र सवारी धनी अनिवार्य रुपमा उपस्थित हुने व्यवस्था रहेको छ । दशैं भन्दा अगाडि करिब दुई सय सनाखत नामसारी गराएका बिचौलिया हरिले ब्लुबुकमा मात्र आधिकारिक कर्मचारीलाई घुसको रकम दिई सही गराई सेवाग्रहीहरुलाई दिएको र सो सनाखत नामसारीको हालसम्म मोटरसाईकल रजिस्टरको ढाडामा नचढाईएको समाचार स्रोतले जनाएको छ । तर सेवाग्रहीहरु ढाडामा पनि चढेको विश्वस्त हुदै फर्केको बताईएको छ ।
लामो समय देखि सवारी शाखामा कार्यरत्त कार्यालय सहयोगी महेन्द्र साहले पटके फाँट पनि हेर्दै आएका छन् । नेपाली गाडी साहुहरुले आफ्नो गाडीको पटके रसिद कटाउन जाँदा रसिदको अलावा प्रत्येक गाडी धनीहरु सँग साहले २ सय देखि ५ सय सम्म असुल्ने गर्ने गरेको बताईन्छ ।
भारतीय पर्यटकहरुले भारतीय नम्बरको गाडी लिएर पटके कटाउन जाँदा उनीहरु सँग रसिदको अलावा साहले ५ सय देखि २ हजार सम्म असुल्ने गर्ने गरेको सोही कार्यालयमा कार्यरत्त एक जनाले नाम नछाप्ने शर्तमा बताए ।
कार्यालय प्रमुख कमल गौतमको आर्शिवादले बिचौलिया हरि र कार्यालय सहयोगी उनका बुवा महेन्द्र साहले “दिन दु गुना, रात चौगुना” भ्रष्टाचारको कार्यलाई बढावा दिदै आएको बताईन्छ ।
पटकेको रसिद काटन जिम्मा पाएका कार्यालय सहयोगी महेन्द्र साहले दैनिक करिब ५ हजार रुपैया नेपाल सरकारको तलबको अलावा घुसको रकम असुल्ने गर्ने गरेको बताईन्छ । बुवा महेन्द्र साह र छोरा हरिले भ्रष्टाचार गर्दै वीरगंजमा आलिसान महल ठ्डयाएका छन् भने कैयौं ठाउँमा घडेरी किन्न सफल भएको स्रोतको कथन रहेको छ । बिचौलिया हरिले सनाखत नामसारी हुन्छ भनि स्वीकार गरिसकेको अवस्था र बुवा महेन्द्रले भ्रष्टाचार गरिराखेको घाम जस्तै छर्लङ्ग भए पनि प्रहरी प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायहरुले आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।