नेपाललाई हिन्दू राष्ट्र कायम गर्न उपाध्यक्ष महासेठको मांग

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न उपाध्यक्ष महासेठको मांग

जनकपुरधाम २२ कार्तिक

नेपालका लागी नेपाली पार्टी जनकपुरधाम नगर कार्य समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेनेपा पार्टीका केन्द्रीय उपाध्यक्ष पिंकी महासेठले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गरेकी हुन।नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताईन। उनले हिन्दू राष्ट्र घोषणा हुन नसके नेपालकै अस्तित्व खतरामा रहेको जिकीर गरिन।

विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने बताइन। संस्कृत भाषा विश्वको मुख्य र पुरानो भाषा हुँदा पनि यसको महत्त्व नेपालले बुझ्न नसकेको उनको टिप्पणी थियो।

धर्म-निरपेक्षताको आड़मा आज मुलुकमा व्यापक रुपमा धर्मपरिवर्तन,गौ हत्या, सनातन धर्म माथी आक्रमण, हिन्दू योद्धा लाई झूठा मुदामा फसाउने कार्य, हिन्दूका पर्व र कार्यक्रममा आक्रमण, धार्मिक गुरुजन माथी आक्रमण एसका जलनत उदाहरण हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।