लक्ष्मणवामा छठ पूजा व्यवस्थापनको ९० प्रतिसत काम पूरा स् प्रगतिशिल युवा क्लब
लक्ष्मणवामा छठ पूजा व्यवस्थापनको ९० प्रतिसत काम पूरा स् प्रगतिशिल युवा क्लब

वीरगंज ३० कार्तिक
बीरगन्ज महानगरपालिकाको वडा नं १५ लक्ष्मणवामा छठ पू्जा व्यवस्थापन ९० प्रतिसत काम पूरा भएको छ ।
प्रगतिशिल युवा क्लबका अध्यक्ष एवं युवा नेता ईश्वरचन्द्र यादवको अध्यक्षतामा छठ पूजालाई सभ्य र भव्य बनाउनको लागि गठित समितिले लक्ष्मणवा छठ घाटको ९० प्रतिसत काम पूरा भएको समितिका सचिव संजय पटेलले बताएका छन् ।
उनले घाट वरिपरि करीब एक हजार देखि बार सय व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण गरिएको र साथै पूजा गर्ने ठाउँमा सरसफाइको काम चलिरहेको उनले बताए । पूजाकोलागि पोखरी बीचको स्थानमा सूर्यदेवसहित मूर्ति राखिने समेत उनले बताए ।
त्यसैगरी वडा नं। १५ का वडा अध्यक्ष रमेश प्रसाद यदवले पनि अफनै निगरानीमा समेत सरसफाई कार्यक्रमलाई तिब्रता दिएको र पोखरीमा रहेको फोहरका साथै छठ धाटलाई समेत महानगरको दम्कलको साहयताले सफा परिएको जनकारी समेत दिए । 
पछिल्लो समयमा छठ पूजाको महत्व बढेको र विशेष गरि तराइबासिले मत्रै मनाउने छठ पूजा आजभोली पहाडी समुदायका महिलाहरूले पनि छठ पूजा गर्नेको संख्या बढ्दै गएको र सोही कारण हरेक वर्ष ब्रतालुहरूको संख्या बढ्दै गएको उनले बताए ।
पूजाका लागि अनुमानित ९ देखि १० लाख रुपैयाँ खर्च हुने र उक्त रकम भक्तजनहरुबाट संकलन हुने कार्यमा पनि तिब्रता दिइएको समितिका सचिव पटेलले बताए ।
त्यसैगरि छठघाटमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुने समितिका अध्यक्ष ईश्वरचन्द्र यादवले बताएका छन् । घाटमा खेसारी २,खुश्वु प्रितम,बर्षा श्रेष्ठ,झुना राजा लगायतको कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिने कार्यक्रम तय भएको समितिका अध्यक्ष यादवले बताए ।
उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य नै भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ ।
पहिलो दिन अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र दोस्रो दिन बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ । चामल, पिठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायतका प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउदो सूर्यलाई अर्घ दिने गरिन्छ ।छठ पर्वमा विशेष गरी दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वासका साथ महिलाहरुव्रत बस्ने चलन छ ।






