भारतीय विदेश मन्त्री जयशंकर आउने दिन चीनबाट एउटा टोली नेपाल आउने

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर आउने दिन चीनबाट एउटा उच्च स्तरीय टोली नेपाल आउने भएको छ । भारतीय विदेश मन्त्री जयशंकर पुस १९ गते बिहान १० बजे नेपाल आउन लागेका छन् ।
चीनबाट पनि त्यही दिन युनान प्रान्तको चिनियाँ कम्युनिस्ट पार्टीका उपमहासचिव साइ युगाङको नेतृत्वमा टोली नेपाल आउन लागेको स्रोतले जनाएको छ । चीनको युनान राज्यबाट आउन लागेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहाय यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायतसँग छलफल गर्ने तय भएको स्रोतले जनाएको छ ।





