अस्पताल भरिभराउ , चीनमा नयाँ भाइरस फैलिन थालेपछि भारतले जारी गर्यो एडभाइजरी

एजेन्सी । चीनमा रहस्यमय बिरामी फैलिएपछि भारत सरकारले राज्य र केन्द्र सरकारद्वारा शासन गरिएका देशहरुमा एडभाइजरी जारी गरेको छ। भारतको स्वास्थ्य मन्त्रालयले राज्य र केन्द्रबाट शासित प्रदेशसँग पब्लिक हेल्थ व्यवस्थाको अपडेट गर्नका लागि भनेको छ।
त्यस्तै कुनै ठूलै संक्रमण फैलन सक्ने तयारी गर्न पनि अस्पताललाई भनिएको छ। एडभाइजरीका अनुसार अस्पतालका कर्मचारी , बेड, जरुरी औषधि,अक्सिजन, एन्टिबोयोटिक, पीपीई, टेस्टिङ किटको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिइएको छ।
चीनमा श्वासप्रश्वाससँग जोडिएको निमोनियाँ जस्तै हुने एक प्रकारको भाइरसको संक्रमण फैलिएको छ। यसबाट बालबालिका धेरै प्रभावित हुने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
विश्व स्वास्थ्य संगठनले उक्त संक्रमणको बारेमा धेरै सूचना उपलब्ध गराउन समेत चीन सरकारलाई भनेको छ। चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।






